१२ बैशाख २०८१, बुधबार
Follow Us

पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७५, सोमबार १४:१२

पिटरबरो । पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध चयन भएका छन् । समाजको सोमवार नेने पार्कमा सम्पन्न सातौं साधारणसभाले भण्डारीलाई सर्वसम्मतले चयन गरेको हो ।
यस्तै कार्यसमितिको अन्य सदस्यहरु समेत सर्वसम्मत भएका छन् । कार्यसमितिको उपाध्यक्षमा रवि आचार्य, ध्रुव धिताल, महासचिव हरिहर भट्टराई, सचिव संगिता कोइराला, कोषाध्यक्ष सुर्दशन पराजुली, सहकोषाध्यक्ष प्रविन भण्डारी र्निविरोध चयन भए ।

नयाँ र्निवाचित कार्यसमितिको सदस्यहरु भिम खनाल, उपेन्द्र श्रेष्ठ, मनिष आचार्य, सन्तोष पौडेल, अर्चना भण्डारी, बसन्ती भुषाल, नारायण भण्डारी, राहुल बिरेन मुल्मी, दिवाकर सुवेदी, लव शर्मा रहेका छन् ।
निर्वाचन समितिका संयोजक महेश अधिकारीले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माको बिषेश आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिव भण्डारीले स्वागत मन्तव्य दिएको सो साधारणसभाको समाज सेवीद्धय लोकनाथ पाण्डे र भिम प्रसाद भट्टराईले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

महासचिव निर्पेश उप्रेतीले संचलान गरेको कार्यक्रममा ट्रष्टी सदस्य किरण कार्की, संस्थाका पुर्वअध्यक्षद्धय महेश अधिकारी, केशव भण्डारी, समाज सेवी लोकनाथ पाण्डे, चिरन शर्मा लगायतले शुभकामना मन्तव्य दिए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष बिष्णु थापाले आर्थिक र महासचिव निर्पेश उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुबै प्रस्तावलाई साधारणसभाले सर्वसम्मतले पारित परेको थियो ।
यस्तै वेलायतस्थित च्यारिटी कमिसनमा दर्ता रहेको संस्थाको च्यारिटी ट्रष्टीको समेत घोषणा गरेको छ सो समितिमा किरण कार्की, रामबाबु कोइराला, महेश अधिकारी, केशव भण्डारी, पवन शर्मा, सिएम खरेल, शिव भण्डारी रहेका छन् ।
नेपाली समुदायको बाक्लो उपस्थिती रहेको पिटरबरो समाजमा करिब २ सय सदस्यहरु रहेका छन् । संस्थाको नयाँ कार्यसमितिको निर्वाचन पछि यहाँस्थित नेपाली समुदाय नेने पार्कमा भेला भएर बार्वेक्यु पार्टीमा रमाएका थिए ।