१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अपहरणमा परेकी बालिका मृत अवस्थामा

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७५, सोमबार १५:३४

महोत्तरी । महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् । पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।

मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो ।