१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन एसिया प्याशिफिकको छैठौ क्षेत्रीय सम्मेलन हङकङमा

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७५, सोमबार २३:३८

लण्डन । गैरआवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन हङकङमा गर्ने घोषणा गरिएको छ ।

जापानमा आयोजित नेपाल फेस्टिवलको अवसरमा एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाले हजारौ नेपालीको सहभागितामा फेस्टिवल स्टेजबाटै सम्मेलन हङकङमा गर्ने घोषणा गरे।

नेपाली राजदूतावास र एनआरएन जापानको संयुक्त आयोजनामा भइरहेको फेस्टिवलको अवसर पारेर संयोजक थापाले सम्मेलनको औपचारिक घोषणा गरेका हुन् ।

एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, एनआरएन हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ, एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल र एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामालगायतको सहभागितामा सम्मेलनको औपचारिक घोषणा गरिएको हो । सम्मेलन आगामी डिसेम्बरमा गरिने तय भएको छ ।

एनआरएनका विभिन्न क्षेत्रिय सम्मेलन भइरहेका छन् । अहिलेसम्म एनआरएन अमेरिकाज्, युरोप र मध्य पूर्वको सम्मेलन सम्पन्न भएको छ । अफ्रिकाको आगामी सेप्टेम्बर २९ र ३० मा सम्मेलन गर्ने घोषणा गरिएको छ ।