६ बैशाख २०८१, बिहीबार
Follow Us

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौं, ५७ वटा स्वागतद्वार

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७५, मंगलवार ०६:०७

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ ।

यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो । राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ । आज मंगलबारबाट विभिन्न देशका राष्ट्र र सरकारप्रमुखको उपस्थित हुने भएकाले काठमाडौंलाई दुलही झै सिगारिएको छ ।

विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल , थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ । सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ ।