१३ बैशाख २०८१, बिहीबार
Follow Us

युएस बंगलाको विमान दुर्घटनामा पाइलट नै दोषी

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७५, मंगलवार ०६:२४

काठमाडौँ । गत मार्चमा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बांगला विमान दुर्घटना चालकको अस्वस्थताका कारण भएको बताइएको छ । युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल सरकारद्वारा गठित एक समितिले विमानका पाइलट अबिद सुल्तान मानसिक चिन्ता र तनावमा रहेकाले दुर्घटना भएको दाबी गरेको हो ।

ढाकाबाट काठमाण्डौसम्मको एक घण्टे यात्राका क्रममा चालक सुल्तानले कयौपटक धुम्रपान गरेको तथा अवतरणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ‘टिआइए’का अधिकारीसँग झुटो बोलेको पनि अध्ययनले जिकिर गरेको छ ।

अध्ययनमा उडानपूर्व विमान चालकको व्यवहार असामान्य हुँदाहुँदै बंगालदेशका अधिकारीले अनुमति दिनुलाई समेत विमान दुर्घटनाको कारण भनिएको छ । ४ चालक दलका सदस्य तथा ६७ यात्रु सवार उक्त विमान बंगलादेशबाट काठमाण्डौका लागि उडेको थियो । अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको ज्यान गएको थियो ।