१५ चैत्र २०८०, बिहीबार
Follow Us

बरिष्ठ अभिनेता निर शाहलाई “अभिनय संम्राट”को उपाधि

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७५, मंगलवार १९:५६

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बरिष्ठ अभिनेता निर शाहलाई ”अभिनय सम्राट” उपाधि सहित कोलोराडोमा भब्य अभिनन्दन गरिएको छ ।
श्रष्टा सम्मान तथा कवी गोष्ठी कार्यक्रम अन्तर्रगत शनिबार कोलोराडो स्थित म्याकरेक सेन्टर वेष्टमिनिष्टरमा स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, ब्यवसायी तथा सर्वसाधारणको उपस्थितीमा बरिष्ठ अभिनेता शाहलाई अभिनन्दन गरिएको हो ।

यसरी सम्मान गर्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, एनआरएन कोलोराडो च्याप्टर, रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल, नेपाली घर, संखुवासभा समाज अमेरीका, नेवाखःल लगायतका संस्थाका पदाधिकारी र कोलोराडोका गन्यमान्य, बुद्धीजिवी कवि, कवयत्री, गायक, कलाकार, ब्यवसायी तथा सर्वसाधारण रहेका छन् । उनीहरुले अभिनेता शाहलाई फुलकामाला, खादा लगाईदिई अभिनन्दन पत्र प्रदानगरि सम्मान गरेका हुन् । संस्थाद्धारा प्रदानगर्न लागिएको अभिनन्दन पत्र वाचनगर्दे कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले निर शाहलाई ”अभिनय सम्राट” घोषणा गरेका हुन् ।

२०२४ सालमा हिरासिंह खत्रीद्धारा निर्देशित चलचित्र परिबर्तनबाट अभिनययात्रा शुरु गरेका निर शाहले हाल सम्म ३ सय भन्दा बढी चलचित्रमा अभिनयगरि सकेका छन् । शाह बरिष्ठ अभिनेता, प्रशिद्ध गीतकार, कवी, चलचित्र लेखक, निर्देशक, संगीत नाट्य बिभागका पूर्व प्राज्ञ, नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महा प्रबन्धक समेत हुन् । यस्ता बहु प्रतिभाशाली ब्यक्ती अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निमन्त्रणलाई स्विकार्दै कोलोराडो आएका हुन् ।

अभिनन्दन समारोहमा शाहले सम्पूर्ण कोलोराडो बासीलाई धन्यवाद दिदै, आफुलाई दिईएको सम्मान र आफुप्रति देखाईएको सद्भाव आफुमात्र नभई आना सन्ततीले समेत नभुल्ने बताए । उनले कार्यक्रममा लोक प्रीय चलचित्र प्रेमपिण्डको सानो सम्वादको अभिनय मार्फत दर्शकहरुलाई स्तव्ध तुल्याएका थिए । उक्त समारोहमा निर शाहका धर्मपत्नी उषा शाह, छोरा, बुहारी र नाती समेत उनको तिनै पुस्ताको उपस्थिती रहेको थियो ।

अभिनन्दित शाहको सम्मानमा उनीद्धारा अभिनित फिल्मका गीत, अभिनय र उनले लेखेका गीतहरु स्थानीय कलाकारहरुले दर्शक तथा श्रोता सामु पस्किएका थिए । यसरी कार्यक्रममा गीत गाउने तथा अभिनय गर्ने स्थानीय कलाकारहरुमा उषाकीरण अधिकारी, निलम श्रेष्ठ, कृष्णमुरारी ढुङ्गेल, शुरेसचन्द्र प्रधान, मनोज तुलाधर, विजय अधिकारी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी शाहले पानमा बत्ती बालेर उद्धाटन गरेका कार्यक्रममा आयोजक संस्थाका महासचिब श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागतगर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाताहरुको नाम पढेर सुनाएका थिए । त्यसैगरी अभिनन्दित शाहले नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पु¥याएका योगदानको चर्चा साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालले गरेका थिए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रम, साबु गदाल कार्किले सञ्चालन गरेकी थिईन । कार्यक्रममा अमेरीकामा हालै सम्पन्न मिस नेपाल युएसएमा सेकेन्ड रनरअप हुन सफल कृती ढुङ्गेललाई प्रमुख अतिथी शाहले माला लगाईदिई धन्यवाद सहित उज्वल भविश्यको आर्शिवाद दिएका थिए । कार्यक्रमको अन्यमा सभापती ढुङ्गेलले प्रमुख अतिथी लगायत अभिनन्दन समारोह सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल नाराका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्र्तगत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी कार्यक्रम हदै आएको छ ।