११ बैशाख २०८१, मंगलवार
Follow Us

फष्ट लेडीहरुलाई स्वागत गर्न पाटन दरबार स्क्वायर आतुर

sarusaru
१३ भाद्र २०७५, बुधबार ०३:४२

ललितपुर। बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाइने भएको छ।

सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन्। त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन रबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण महाविहारको अवलोकन कार्य तालिका रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए।

फस्ट लेडीहरु शुक्रबार बिहान १० बजेपछि पाटन दरबार क्षेत्र अवलोकन गर्न आउने कार्यक्रम रहेको उनले जानकारी दिए। त्यस क्रममा अतिथिहरुलाई चर्या नृत्य, कुमारी नृत्य,परम्परागत धिमे बाजा, धा बाजा देखाइने भएको छ। ललितपुर महानगरपालिका १६ वडाले नाचका लागि यहांको परम्परागत गुठी, विहार सुधार समिति लगायत सम्बद्ध पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

‘ललितपुर एउटा धार्मिक, सांस्कृतिक परिवेशले भरिएको जिल्ला हो। बिमस्टेकमा आउने फस्ट लेडीहरुलाई यहा“को सांस्कृतिक चिनारी दिने झलकहरु देखाउने छौं।’ ललितपुर महानगरपालिका १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले भने।

अतिथिहरु विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा कृष्ण मन्दिर, पाटन संग्रहालय, भण्डारखाल बगैचा“, सुन्दरीचोकको अवलोकन गर्ने छन। सम्पदाको अवलोकन गर्ने क्रममा बीचबीचमै चर्या नृत्य, धा बाजा, धिमे बाजा र अन्य शास्त्रीय नृत्यहरु प्रस्तुत गरिने छ। यसले मूर्त संस्कृतिसंगै अमूर्त संस्कृतिको चिनारी दिने वडाअध्यक्ष शाक्यले जानकारी दिए। दरबार क्षेत्रको अवलोकनपछि पाहुनालाई करिब ५ सय मिटर पर रहेको गोल्डेन टेम्पलमा दर्शन गराउने कार्यक्रम रहेको छ। अतिथिको स्वागतका क्रममा हिरण्यवर्ण महाविहार विहार सुधार समितिका गुरुजुबाट स्वस्ति वाचन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि फष्ट लेडीको समुह पाटन औद्योगिक क्षेत्रमा घुम्ने जाने कार्यक्रम रहेको छ । औद्योगिक क्षेत्रमा त्यहा“ उत्पादन हुने सामग्री र बजारको अवस्था बुझ्ने पनि प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
पाटनमा फस्ट लेडीहरुले दुईदेखि तीन घण्टाको समय बिताउने कार्यक्रम रहेको छ । ती स्थान वरपर मंगलबारदेखि सेना परिचालन गरिएको छ।

सँगसँगै नेपाल प्रहरीको गस्तीलाई तीब्रता दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रवीन्द्रबहादुर धानुकले बताए। यसैबीच सुरक्षा व्यवस्था निकै कडा हुने सूचनाले शुक्रबार हुने परम्परागत नरसिह जात्रा, गणेश पुजा अस्तव्यस्त बन्ने हो कि आशंका सर्वसाधारणहरुमा छाएको छ।
नेपाल समचारपत्र दैनिक