१२ बैशाख २०८१, बुधबार
Follow Us

पाराग्लाइडिङतर्फ नेपाललाई रजत पदक

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार ०९:००

काठमाडौं । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को पाराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । १८औं एसियाडमा नेपालले जितेको यो पहिलो पदक हो । पुरुष क्रसकन्ट्रीतर्फ पाँचौं खेल सकिएर अंक जोड्दा नेपाल अंक तालिकाको दोस्रो स्थानमा यथावत रह्यो । चौथो चरणको खेलमा पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा थियो ।

इन्डोनेसियाको पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा हिजो मंगलबार भएको चौथो चरणको खेलमा नेपालले २७ सय ९८ अंक स्कोर गर्‍यो । समग्रमा भने नेपालले ८ हजार ५९१ अंक स्कोर गरेको छ ।

नेपालभन्दा ७६८ अंक बढी स्कोर गरेको जापान अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानको दक्षिण कोरिया थियो । पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री टिम इभेन्टमा नेपालका विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा सहभागी छन् ।