१६ चैत्र २०८०, शुक्रबार
Follow Us

के हो बिम्स्टेक र के गर्छ यो बैठकले

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार १५:०४

काठमाडौं । बिमस्टेकको पुरा रुप बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन हो । जसलाई नेपालीमा आर्थिक र प्राविधिक सम्बन्धका लागि बंगाल खाडीको प्रयास पनि भनिन्छ । दक्षिण एसिया भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का र दक्षिण पुर्व एसियाका थाइल्यान्ड र म्यानमार यस संगठनका सदस्य देश हुन् । बंगलादेशको खाडीको तट र यसको आसपासमा रहेका देशहरू नै यस समूहमा आबद्ध छन् ।

बिमेस्टेक दक्षिण एसियामा रहेका सात देशका लगभग साढे १ अरब जनताको बसोबास गर्दछन् । र, यसले विश्वको जनसङ्ख्याको २२ प्रतिशतको प्रतिनिधित्व गर्छ । ६ जुन १९९७ को बैङ्कक घोषणा पत्र जारी गर्दै स्थापना भएको बिमस्टेकको प्रधान कार्यालय बङ्गालादेशको ढाकामा छ । यसको मुख्य उद्देश्य बंगालको खाडीको किनार र दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाका देशका बीच आपसी सम्बन्ध, गरिबी निवारण र आर्थिक सहयोग प्रदान गर्ने रहेको छ ।
सुरुवातमा तिव्र आर्थिक विकास, सामाजिक विकासलाई तिव्र बनाउने र साझा स्वार्थको विषयमा सहकार्यको लक्ष्य लिएको थियो । र, अहिले मुख्ये रुपमा १४ प्रथमिकता तोकेर नै अगाडी बडेको बिमिस्टेक । व्यापार र लगानी, प्रविधि, उर्जा, यातायात तथा संचार, पर्यटन, कृषि, सास्कृतिक सहकार्य, वातावरण र विपद व्यवस्थापन, सार्वजनिक स्वास्थ्यृ, जनता बिचको सम्बन्ध, गरिव निवारण, प्रति आतंकवाद र अन्तरदेशीय अपराध र वातावरण परिवर्तनको सम्बन्धमा काम गर्ने बताइएको छ ।

नेपाल र भुटान सन् २००४ देखि बिमस्टेकको सदस्य बनेका हुन् । नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाए त्यतिबेला सम्मेलन भने हुन सकेन । निर्धारित मितिभन्दा ३ वर्ष पछि सम्मेलनको आयोजना हुँदैछ । दुई दुई वर्षको फरकमा सम्मेलनको आयोजना हुनुपर्ने भए पनि यसअघि सन् २०१४ मा र त्यसअघि सन् २००८ मा शिखर सम्मेलन भएको थियो ।