१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार खड्काको अवस्था पत्ता लगाउन माग

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार १५:४०

काठमाडौं । नेपाल पत्रकार महासङ्घले विगत चार दिनदेखि बेपत्ता भएका महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले पत्रकार खड्काको खोजीमा सरकार गम्भीर हुनुपर्ने भन्दै अवस्था पत्ता लगाउन सरकारसँग माग गरिएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय निकाय, प्रदेश सरकार, सुरक्षा निकाय र सञ्चारसम्बद्ध सङ्घसंस्थासँग आग्रह गरेको छ ।

भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन हुनुभएको थियो । चार दिन बितिसक्दा पनि पत्रकार खड्काको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।