११ बैशाख २०८१, मंगलवार
Follow Us

केदार सङ्केतद्वारा लिखित बुद्धल्यान्ड टु स्विजरल्यान्ड बिमोचित

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७५, बुधबार १९:२५

लण्डन । केदार सङ्केतद्वारा लिखित बुद्धल्यान्ड टु स्विजरल्यान्ड विमोचित भएको छ । विश्व नेपाली साहित्य महासंघको दोस्रो विश्व सम्मेलनको अवसर पारेर सो किताब बिमोचन भएको हो ।
सङ्केत को यो दोश्रो यात्रा संग्रह हो । एथेन्स को झरी यो भन्दा आठवर्ष पहिला प्रकाशित भै सकेको छ । सो किताब विक्रीका लागि रत्न पुस्तक भन्डारमा राखिएको छ ।

क्वान्तोवरी सिसि युनिभर्सिटी युकेमा आयोजित कार्यक्रममा बेलायतका महामाहिम राजदुत डा. दुर्गाबहादुर सुबेदी, प्राडा. गोविन्दराज भट्टराई, बरिष्ठ कवि तुलशी दिवस, समालोचक खगेन्द्र संग्रौला, प्राडा नोबल किशोर राई, गीतकार भावेश भुमरी आदिको उपस्थित थियो ।