१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएका महत्वकाँक्षी परियोजना अक्टोवरमा हस्तान्तरण गर्ने तयारी

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७५, बुधबार २०:२४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने एनआरएनए डे अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिने भएको छ।

विश्वभरि छरिएका नेपालीहरुको सहकार्यमा निमार्ण गरिएको एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिन लागेको हो।

अध्यक्ष भवन भट्टका अनुसार लाप्राक वस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल पाँचसय ७३ घर मध्ये तीन सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घरहरुपनि केही समयभित्र सम्पन्न गर्ने गरि कार्य भईरहेको छ ।

वर्षाका कारण तत्काल रोकिएको निमार्ण काम यतिवेला नेपाल आर्मीका एक सय पाँच जवान सहित ७५ जना स्थानियका सहितको टोलीेले गरिरहेको भएपनि थप तीनसय कामदारको टोलीले नमुना वस्तीलाई दशै अगावै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

भवन निमार्णका लागि नेपाल आर्मीका थप जवान तथा तालिमका लागि घर बनाउन खटिने करिव तीन सयको टोलीले निमार्णका सम्पूर्ण काम सक्ने अध्यक्ष भट्टले दावी गरे ।

वर्षाले रोकिएका कामलाई यसै साताबाट सुचारु गरीएको र आगामी दुई साता भित्र साढे तीनसय घरको काम पूर्ण रुपमा सकिने उनले जनाए ।

यसैगरि अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उद्घाटन गरिने तयारी रहेको जनाए ।

चार तल्ले भवन मध्ये चौथो तल्लामा कार्यालय रहने सो भवनलाई व्यवयासीक कम्पनीहरुसंगको सहकार्यमा भाडामा दिने एनआरएनले गरेको छ ।


एनआरएनए डे कै अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले घोषणा गर्नुभएको ऐसिहासिक सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरि हस्तान्तरण गरिने जानकारी उनले दिए ।

टोकियोमा नेपाली संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा अध्यक्ष भट्ट काठमाडौँको शंखमुल पार्कमा निमार्णाधिन शंखमुल पार्क स्थानिय क्लवलाई हस्तान्तरण गरिने बताएका हुन् ।

यस्तै एनआरएनए डे अवसरमा एनआरएनए प्रसिडेन्सीयल अवार्ड अन्र्तगतको पर्यटन प्रवद्धनका भिडियो प्रतियोगितामा सहभागि ११० मध्ये उत्कृष्ट तीनलाई एकएकलाख नगद सहित पुरस्कृत गरिने तयारी गरिएको छ। यसैगरि नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका विषयमा देशव्यापी अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगिता संचालन गरि पुरस्कृत गरिने छ भने राष्ट्रिय स्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने छ।


एनआरएनए अध्यक्ष भवन भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोकन तथा सजावट कार्य सम्पन्न गरि आगामी विवाह पन्चमी अवसरमा हस्तान्तरण गरिने जानकारी दिनुभयो। उनले एनआरएनए भवन, सिन्धुलीगढी परियोजना र शंखमुल पार्क लगाएतका परियोजना समयमा सम्पन्न हुने दावी गरे ।