१२ बैशाख २०८१, बुधबार
Follow Us

विमस्टेक सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा, राष्ट्रपति भण्डारीसँग सामूहिक भेट

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०७५, बिहीबार ०७:२९

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो ।

आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उहाँहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनुहुनेछ । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदी बिहान नौ बजे तिर त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । मोदीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

सम्मेलनमा सहभागि हुन बंगलादेशकी प्रधानमन्त्री बाजेद साढे नौ बजे त्रिभुवन विमानस्थल आइपुगिन । हसिना बिमस्टेकका सात राष्ट्रमध्ये एकमात्र महिला राष्ट्रप्रमुख हुन् । उनलाई पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट अतिथिलाईसेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुतछान ओ छा पनि सम्मेलनमा सहभागी हुन विहान सवा दश बजे काठमाडौं आइपुगे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई उपप्रधानमन्त्री पोखरेलले स्वागत गरे । सेनाको टोलीले उनलाई पनि सम्मान गारत अर्पण गरेको थियो ।

तीनै जना बिशिष्ट अतिथि आउदा करिब विहान आठ बजेदेखि साढे दश बजेसम्म त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्रािष्ट्रय उडान बन्द गरिएको थियो । यो बीचको समयमा आन्तरिक तर्फका करीव ३० र अन्तराष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।