७ बैशाख २०८१, शुक्रबार
Follow Us

छतबाट खसेर महिलाको मृत्यु

sarusaru
१४ भाद्र २०७५, बिहीबार ०८:३६

नुवाकोट – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो । गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस