७ बैशाख २०८१, शुक्रबार
Follow Us

पिटरबरो नेपाली समाजमा योगा र ध्यान कक्षा सुरु

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार २१:३२

“योग र ध्यान गरौं, तनाव मुक्त बनौं र स्वस्थ्य रहौं”
यहि सोचाइका साथ पिटरबरोमा बस्ने नपाली समुदायमा योग र ध्यान कक्षा सुरु भएको छ।
पिटरबरो नेपाली समाजको आयोजना र पिटरबरो स्प्रीचियल समूहको संयोजनमा यहि सोमबार सेप्टेम्बर १२ देखि सुरु योग र ध्यान कक्षा सुरु भएको हो।
समाजका सल्लाहकार एबम पिटरबरो स्प्रीचियल समुहकि संयोजक एबम योगा ध्यानको विशेष जानकार मिना पौडेलले साप्ताहिक रुपमा डेढ घन्टा अबधीको योगा र ध्यान कक्षाको संचालन गर्दैहुनुहुन्छ।
स्थानीय वेस्टवुड हलमा संचालन गरिएको पहिलो कक्षामा योगाका सरल विधिहरु शुर्य नमस्कार, प्रणायम, एरोबिक जम्प, सबासन, एक अर्का प्रती आभार, लफ्टर थेरापी र ध्यान आदि गरोएको थियो। सजिलो विधि द्वारा योगा र ध्यानको बानी पारे पछि जटिल विधिहरु गर्न सहज हुने संचालक मिना पौडेल बताउनु हुन्छ। जीवनलाई सरल, सहज र स्वस्थ्य बनाउन हर कोहिले योगा र ध्यान गर्न आवस्यक रहेको पनि संचालक पौडेलको राय सुझाव छ।

पहिलो कक्षामा नै पिटरबरोबासी नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो। हरेक सोमबार संचालन गरिने योगा र ध्यानको कक्षामा आगामी दिनहरुमा सहभागिता अझ ब्यापक हुने अपेक्षा पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्माले गर्नु भएको छ।
बिदेशको ब्यस्त जीवनका कारण प्रत्यक्ष अप्रत्यक्षरुपले मानिसहरु तनावको सिकार भैरहेका छन र तनाव ब्यबस्थापन हुन नसक्दा मानिसहरुको स्वास्थमा नकारात्मक असरहरु पर्दै आएको तथ्यलाई नकार्न सकिदैन। तनाव कम गर्न बिश्वब्यापी रुपमै योगा र ध्यान निकै सहयोगी मानिएको छ। त्यसैले पनि पिटरबरो नेपाली समाजले योगा ध्यानको नियमीत कक्षा संचालन गर्न विशेष पहल गरेको पनि समाजका अध्यक्ष शर्मा बताउनु हुन्छ। योगा र ध्यानको यस्तो यस कक्षाबाट हर कोहि लाभान्वित हुने धारणा सहभागीहरुको रहेको छ।