१३ बैशाख २०८१, बिहीबार
Follow Us

युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि मोड्रीचलाई

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार ०५:२१

लन्डन । युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान तथा रियाल मड्रिडका मध्यपंक्तिका खेलाडी लुका मोड्रीचले जित्नु भएको छ । मोड्रिचले यो उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पार्नु भयो ।

रियाल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । क्रोएसियालाई विश्वकप फाइनलसम्म पु-याउनुमा मोड्रीचको ठूलो योगदान रहयो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पार्नु भएका मोड्रिचले यो अवार्ड पाउनका लागि ३ सय १३ मत पाउनु भएको थियो ।

उहाँले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै अवार्ड जित्नु भयो । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाउनु भयो । सर्वाेत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको मत गनिएको थियो ।