१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली विद्यार्थीलाई भारतमा कूलपति स्वर्ण पदक

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार ०७:४४

काठमाडौं । भारतको कानपुरमा रहेको छत्रपति शाहजी महाराज विश्वविद्यालयको दीक्षान्त समारोहमा नेपाली छात्रा आकृति श्रेष्ठ कुलपति स्वर्ण पदकले सम्मानित हुने छिन् । उनले एमएस्सी न्युट्रिसन विज्ञानमा सर्वाधिक अंक ल्याएर कलेज टप गरेकाले कुलपति स्वर्ण पदकले सम्मानित हुने भएकी हुन् ।

पञ्जाव केसरीमा प्रकाशित समाचारअनुसार मकवानपुरका गणेशमान श्रेष्ठ र अमृताकुमारी श्रेष्ठकी छोरी आकृति श्रेष्ठले सीएसजेएमयुबाट एमएस्सी न्युट्रिसन साइन्सको अध्ययन गरेकी थिइन् । उनले ८१ दशमलब ०५ अंक हासिल गरिन् । जीव विज्ञान संकायमा सर्वाधिक अंक हासिल गरेकी आकृतिलाई कूलपति स्वर्ण पदक दिइनेछ । राम्रो शिक्षा लिएर आफ्नै देशको विकासमा योगदान दिने प्रतिक्रिया उनले सञ्चारकर्मीहरुलाई दिएकी थिइन् ।