१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस आई अध्यक्ष राहुल गान्धी अचानक काठमाडौंमा

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७५, शुक्रबार १२:०७

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आज दिउँसो काठमाडौं आईपुगेका छन् । मानसरोवर यात्राका लागि उनी भारतीय इन्डिगो विमानवाट शुक्रबार बिहान ११ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन । उनी नेपाल हुँदै तिब्बतको मानसरोवरको यात्रामा जान लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

राहुल काठमाडौंको -याडिसन होटलमा बसेका छन् । शनिबार विहान हेलिकप्टरवाट नेपालगञ्ज जाने कार्यक्रम छ । नेपालगञ्जबाट हुम्ला हुँदै उनी मानसरोवर यात्रामा निस्कने बताइएको छ ।

उनी १२ दिनको मानसरोबर यात्रामा निस्केका हुन । नीजि भ्रमण भएकाले काठमाडौं बसाईका क्रममा उनले कुनै राजनीतिक भेटघाट भने नगर्ने बताईएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै रहेको बेला विपक्षी दलका नेता समेत रहेका राहुल पनि काठमाडौँ आइपुगेका हुन् ।

सामान्यढंगले दुई सहयोगीका साथ नेपाल आइपुगेका राहुलको मानसरोवर भ्रमण बाहेका अन्य कार्यक्रम सार्वजनिक भएको छैन ।