१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति अमेरिकामा ४ बुंदे सहमति

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७५, शुक्रबार १९:४०

ध्रुव भण्डारी । न्यूयोर्क। बुधवारका दिन, नेपाली काँग्रेसका प्रवक्ता एवं प्रखर वक्ता विश्व प्रकाश शर्मासंग न्यूयोर्कमा रहनुभएका नेपाली काँग्रेसका अग्रज एवं जनसम्पर्क समिति अमेरिकामा आवद्ध सबै तहका साथिहरूको माझमा घनिघूत रूपमा अनौपचारिक छलफल भएको छ । छलफलको पहिलो चरणमा पार्टी प्रवक्ताले सुधार गर्नुपर्ने कुराहरू के के हुन भनि प्रवक्ता आफैले सहभागिहरूसँग सुझाव माग गरेका थिए भने दोस्रो चरणको छलफलमा समग्र काँग्रेसको र जनसम्पर्क समिति अमेरिकाको बारेमा सहभागिहरूको तर्फबाट आफ्नो भनाई र सुझाबहरू मागेका थिए । झण्डै ४ घण्टा निरन्तर चलेको उक्त अन्तरकृया एवं छलफल कार्यक्रमा जनसम्पर्क समिति अमेरिकाको नेता तथा कार्यकर्ताहरूले खुलेर आफ्ना भनाई/सुझावहरू प्रवक्ता सामु राखेका थिए ।

अन्त्यमा सबैको सुझाब र धारणाहरू सुनिसके पछाडि प्रवक्ता विश्वप्रकाश शर्माले, जनसम्पर्क समिति अमेरिकाको सामान्य विवादलाई आईसब्रेक गर्न तलदिएका चारवटा बुदाँमा साझा सहमति गराउँदै, त्यसलाई कार्यान्वयन गर्न सबैलाई निर्देशन दिएका थिए । सहमति भएका साझा बुँदाहरू:
(१) जनसम्पर्क समितिको वर्तमान र पुर्व नेतृत्व तहविच अनौपचारिक बैठक र छलफलहरु मार्फत हार्दिकता र एकता विकसित गर्दै अघि बढ्ने ।
(२ ) ब्यक्तिगत या संस्थागत कुनैपनी आन्तरिक विषयलाई सामाजिक सन्जालहरुमा प्रस्तुत नगर्ने l
(३ ) बिधान संशोधन क्रममा मातृपार्टी नेपाली कांग्रेसलाई देशभित्र र देश बाहिर रहेका समस्त नेपालीको हित केन्द्रित बिधान संशोधन सुझाव पठाउने । जनसम्पर्क समितिहरुको गठन,समयावधि र अधिकार सम्बन्धमा समेत राय पठाउने ।
(४) अमेरिकाको जनसम्पर्क समिति एवं यसको अधिवेशन सम्बन्धमा निकासका लागि पार्टी केन्द्रको निर्देशन प्रतीक्षा गर्ने र सोही बमोजिम अघि बढ्ने ।

यसका साथै पार्टीको वर्तमान अवस्था र भावी कार्लयदिशाका बारेमा सामान्य जानकारी गराएर, अब पार्टीलाई चाँडै डिजीटललाईट गराउँने प्रयास भईरहेको कुरा समेत प्रवक्ता शर्माले सबैलाई बताउँदै फरक विचार र गुडहरूलाई समेत समन्वय गरेर आउँदो दिनमा पार्टीलाई सशक्त र एक ढिक्का बनाउन सबैको उतिकै दायित्व रहेको कुरा बताएका थिए । एक फरक प्रशंगमा प्रवक्ता शर्माले पार्टी हाम्रो सर्वोच्च निकाय भएकोले पार्टीको निर्देशन सबैले मान्नुपर्ने कुरा राखेका थिए ।

उक्त अनौपचारिक भेटघाट एवं छलफल कार्यक्रममा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले यहाँको अधिवेशन कहिले गराउँने भन्ने पार्टीको निर्देशनले तय गर्ने भएको हुनाले समितिले अधिवेशनको लागि पार्टीको निर्देशन कुरीरहेको कुरा सबैलाई जानकारी गराएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक एवं केन्द्रीय सदस्य विष्णु सुवेदीले “नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति “ विश्व सन्जालको बारेमा पार्टीले पत्र लेख्ने कुनै वैधानिक आधार नभएकोले विश्वसंजालको गतिविधि पार्टीले पत्र लेख्दैमा नरोकिन्ने कुरा स्पष्ट पारेका थिए ।

अन्य नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, केन्द्रीय सदस्य प्रमोद सिटौला, हरी शर्मा, काँग्रेसका अग्रज नेताआङदावा शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपसभापति मिङमार शेर्पा, महासमिति सदस्य एवं नेजस अमेरिकाको केन्द्रीय सदस्य वेद प्रसाद खरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रोशन ढुंगाना, उपसभापति अमर तामाङ, सदस्य अनन्त सुवेदी, अग्नी ढकाल, लङआईल्याण्ड च्याप्टरका सभापति विश्व वाँस्तोला, महासचिव बिनिता भुजेल, दुर्गेश कार्की, महेश खड्का, काँग्रेस नेतृ बन्दना कोईराला, सुजन खनाल, रामकृष्ण महर्जन, संजिव श्रेष्ठ, ग्यानल थापा लगायतले आफ्ना भनाई र सुझाव राखेका थिए ।