४ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डन आइपुगिन चर्चित गायिका कला पंगेनी

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७५, शनिबार १९:५२

नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा लोक तथा दोहोरी गायिका कला पंगेनी तिजको कार्यक्रमका लागि लन्डन आइपुगेकीछन् । जापान, कतार लगायतका मुलुकहरुका भ्रमण गरिसकेकी गायिका कला पंगेनीको लन्डन भने पहिलो भ्रमण हो ।

बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गर्न निकै उत्साहित रहेकी गायिका कला पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली लगायतका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् ।

स्टेज कार्यक्रमकी सुन्दरी गायिकाको नामले परिचित कला नेपालमा हुने प्राय: सबैजसो मेला महोत्सवमा व्यस्त रहँदै आएकीछन् | पछिल्लो समयका उनका लोकप्रिय तीज गीतहरु “पापी घरैमा र चिटिक्कै मलाइ सुहायो” बोलका गीतहरु निकै लोकप्रिय बनेका छन् ।

लन्डनवासी मीडियाकर्मी नरेन्द्र बस्नेतको लय शब्दमा रहेका दुई तीज गीतहरु पापी घरैमा बोलको तीज गीत गायक खुमन अधिकारीसंग र गायक बद्रि पंगेनीको साथमा चिटिक्कै मलाई सुहायो बोलको गीत गाएकी छन् ।

वर्तमान परिवेशमा भड्किला अर्थात समाजमा विकृती फैल्याउने तीज गीतहरुको ओइरो लागिरहँदा गायिका कलाले भने शंदेशमूलक अनि मौलिक खालका मात्र गीत गाउने गरेको बताउछिन । लन्डनका विभिन्न स्थानहरुमा आफ्नो सांगीतिक प्रस्तुती राख्नुका साथै आफ्नै नयाँ तीज गीत चिटिक्कै मलाई सुहायो बोलको गीतको म्यूजिक भीडीयोको पनि विमोचन गर्ने कार्यक्रम रहेको उक्त गीतका गीतकार नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।