११ बैशाख २०८१, मंगलवार
Follow Us

१२ घण्टापछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०५:१७

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि पुनः सुचारु भएको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतिको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८:३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

१२ घन्टापछि अवरुद्ध विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि विमानलाई अहिले धावनमार्गबाट पार्किङतर्फ लगिएको छ । सरसफाइपछि विमानस्थल सञ्चालनमा आएको उनको भनाइ छ । विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान बन्द भएको थियो ।