१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज दिनभरि पानी पर्ने

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०५:२१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । दिउँसो पूर्व, मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

यस्तै रातिको मौसम पनि सामान्यदेखि पूर्ण बदली हुने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविदले जानकारी दिएका छन् । राति पूर्व, मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत हुन मौसमविदले आग्रह गरेका छन् । अबको केही दिन देशभरको मौसम यस्तै रहने सम्भावना छ ।