११ बैशाख २०८१, मंगलवार
Follow Us

एसिया कप छनोट : सिंगापुरलाई नेपालको ठोस जवाफ

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०६:३८

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेट प्रतियोगितामा सिंगापुरलाई नेपालले ठोस जवाफ फर्काएको छ । सिंगापुरले नेपाललाई १५२ रनको चुनौती पेश गरेको थियो । जवाफमा नेपालले ७ ओभरको खेल समाप्त हुँदा ३४ बनाएका छन् । इनिङ बे्रक हुनुअघि नेपालका ओपन व्याट्सम्यान सुवास खकुरेल र अनिल साहले सिंगापुरलाई जवाफ फर्काएका हुन् । साहले २३ र खकुरेलले १० बनाएका छन् ।

क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन जोडेको हो । सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए । खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।