१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार १४:१४

वीरगन्ज । वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५४ लाख ९६ हजार रुपैयाँ समेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाबारेमा अनुसन्धान भईरहेको भन्दै पक्राउ परेकाहरुको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।