८ बैशाख २०८१, शनिबार
Follow Us

गायिकाद्धय सृजु र कला लम्साल तीज मनाउन बेलायतमा

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७५, आईतवार २२:२७

लण्डन । बेलायातवासीलाई तीजमा नचाउन आदी दर्जन भन्दा बढी गायिकाहरु बेलायत उत्रिएका छन् । यहाँस्थित नेपाली संघसँस्थाको आयोजनामा हुने तीज बिषेश कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् । यसैक्रममा नारीहरुको महान पर्व हरितालिका तीजको रौनक थप्न गायिकाद्धय सृजु अधिकारी र कला लम्साल आइतवार ग्याटवीक एअरपोटमा उत्रिए । शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमवार बर्मिघममा आयोजना हुने तीज कार्यक्रममा उनीहरुको प्रस्तुती रहने छ ।

गायिका, नायिका तथा संगीतकार बाट चिनिएकी मिठो स्वरकी धनी गायिका सृजु अधिकारीले बिभिन्न महत्सोवहरुमा धुम मच्चाउदै आएकी छिन ।
सांगीतिक क्षत्रको सबै अनुभव बटुलेकी गायिका स्टेज कार्यक्रममा समेत निकै चर्चित छन् । यसअघि अगाडी मलेसियाको एक कार्यक्रममा स्टेजमा प्रस्तुती दिए पछि स्टेज शो बाटै चर्चा कमाइन् । उनले मलेसिया रक स्टार धमाकामा पनी गायिका सृजु अधिकारीले आफ्नो बिभिन्न गित बाट धुम मच्चाउदै मलेसियामा रहेका नेपाली दर्शक श्रोताहरुलाई चकित पार्दै तिन ओटा कार्यक्रम सकेर नेपाल फर्किएकी थिइन् ।

यस्तै अर्की लोक तथा गायिका कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम हो । तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् ।

कलाका ९ वटा एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रह्यो ।
गायिकाद्धय आगामी १ महिना वेलायतका बिभिन्न शहरमा आयोजित कार्यक्रममा सहभागी रहने छन् ।