११ बैशाख २०८१, मंगलवार
Follow Us

दुई वर्षभित्र विवाह गर्ने सोच बनाएकी छु

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०६:२३

विमला न्यौपाने भक्तपुर बहुमुखी क्याम्पसमा अंगे्रजी विषय अध्यापन गराउँदै कानुनमा उच्च शिक्षा लिइरहेकी छन् । भाषा अध्ययन, अध्यापन र अनुवादमा रुचि राख्ने विमलाले युवा पुस्ताको मनोविज्ञान पनि सूक्ष्म रूपमा नियालिरहेकी छन् । पेसाप्रति उनको लगाव, नयाँ पुस्ताले लिएको बाटो, नेपाली भाषा विवाद र उनको व्यक्तिगत जीवनबारे कुमार राउतले गरेको कुराकानी :

० कुन विषयमा प्राध्यापन गर्नुहुन्छ ?
– अनिवार्य अंगे्रजी हो । कलेजले यस वर्षदेखि मेजर अंगे्रजी हटाएकाले साइन्स र व्यवस्थापनका विद्यार्थीलाई अंगे्रजी विषय पढाउँछु ।

० अध्ययन कहाँ पूरा गर्नुभएको हो ?
– पर्वतीकी हुँ, स्कुल शिक्षा गाउँघरमै भयो, त्यसपछि बुटवलमा पढें, उच्च शिक्षा त्रिविबाट गरें । अहिले कानुन विषय अध्ययन गर्दैछु ।

० अंगे्रजी भाषा पढ्ने जाँगर कसरी आयो ?
– स्कुल अध्ययनताका नै साहित्यमा रुचि राख्थें । मेरो पढाइ पनि राम्रै थियो, विज्ञान पढ्ने इच्छा पनि थियो, तर साहित्यको झुकावले भाषा अध्ययनतर्फ जीवन मोडियो ।

० के हुने रहेछ भाषा पढ्दा ?
– कसैको करकापमा मैले अंगे्रजी भाषा पढेकी होइन । मेरो इच्छाले पढेकी हुनाले यसैमा रमाउँछु । यसैमा अध्ययन गर्छु, यसैमा अध्यापन गराउँछु ।

० बेरोजगार बस्नुपर्दैन ?
– पार्टटाइम शिक्षण पेसामा संलग्न छु, प्राध्यापनका लागि त्रिविमा परीक्षा दिएकी थिएँ, निस्केन, कोसिस जारी छ । त्यसबाहेक अनुवादको काम पनि गर्छु । जे होस् फुर्सद बिरलै हुन्छ ।

० विज्ञान नपढेकोमा पछुतो छैन ?
– आफूले रोजेको विषय पढेकाले यसैमा रमाइरहेकी छु । मैले यसैमा भविष्य देखेकी छु, पछुतो भन्ने कुरा एकरति पनि छैन ।

० नेपाली भाषा विवादबारे थाहा छ ?
– किन थाहा नहुनू, भाषाको विद्यार्थी भएको नाताले चासो हुनु स्वाभाविक हो ।

० हो त नेपाली भाषा बिगे्रको ?
– भाषा भन्ने कुरा संवादको एउटा माध्यम हो । यसका अर्थ र भावलाई मार्नु हुँदैन । अर्थ र भावलाई नमारी समयसँगै परिस्कृत र परिमार्जन गर्नुपर्छ । ह्रस्र्व दीर्घमा विवाद गर्नुको अर्थ म देख्दिनँ ।

० भाषा कसले बिगा-यो ?
– तीन पुस्तासम्म एउटै भाषा, एउटै शिक्षा दिइनु समय सान्दर्भिक होइन । त्यसैले भाषा बिग्रियो भन्नेहरू पुरानो शुद्धता खोज्दै हुनुहुन्छ, तर समय र प्राविधिले मानिसलाई धेरै अघि बढाइसक्यो ।

० भाषा बिगे्रको होइन, परिवर्तन भएको हो ?
– शब्दको भाव र अर्थमा खेलाँची गर्नु हुँदैन, ह्रस्र्व, दीर्घमा कडाइ गरिनु हुँदैन, भाषालाई समयसँगै अघि बढ्न दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

० शब्द लेख्ने तरिका नै बेग्लै भइसकेछ नि ?
– त्यो प्रविधिले लादेको समस्या हो । प्रविधिसँगै अघि बढ्न सकेनौं भने हामी पछि पर्छौं ।

० यसलाई सच्याउन सकिँदैन ?
– सकिन्छ, किन नसक्नू, तर त्यसका लागि भाषा शुद्धता भएका विज्ञहरूलाई जिम्मेवारी दिनुपर्छ । तर समय र प्रविधिलाई आत्मसात नगरी हामी अघि बढ्न सक्दैनौं ।

० अंगे्रजीमा पनि हुन्छ यस्ता विवाद ?
– कहिलेकाहीँ उच्चारणमा विवाद झिकिन्छ, तर मैले जानेको भाषा भनेको संवादको माध्यम हो । उसले जसरी बुझ्छ बुझाउँछ त्यो महŒवपूर्ण हो । सबैले सूचना प्रवाह गर्ने माध्यम सजिलो खोज्छन् । नेपाली भाषामा अंगे्रजी शब्द सजिलो (इजी) लाग्दै जानु त्यसैको परिणाम हो ।

० नयाँ पुस्ता कता जाँदैछ ?
– सिर्जनशीलता शून्य, प्रविधिमा रमाउँछन् । सामुदायिक स्कुलमा पढेका विद्यार्थीमा केही सिर्जनशीलता भेटिन्छ, तर निजी स्कुलमा पढेका विद्यार्थीहरू क्याप्सुल खाएजस्ता छन् । जस्तो टिचरले उत्तर यो हुन्छ भनेपछि उनीहरू रटेर त्यही मात्र लेख्छन् ।

० किन त्यस्तो भएको ?
– हाम्रो सिकाइको आधार नै त्यस्तो छ । पुस्तकबाहेक अर्को उत्तर लेख्यो भने टिचरले नै विद्यार्थीलाई हतोत्साही गरेका हुन्छन् । पहिलो कुरो उनीहरूसँग भोगाइको अनुभव हुँदैन । म र मेरो परिवारबाहेक यहाँ समाज र देश पनि छ भन्ने कुरा सिकाइएको हुँदैन । शिक्षामा भोगाइ महŒवपूर्ण हुन्छ, तर यहाँ किताब रटाइन्छ, त्यही किताबको उत्तर लेखाइन्छ ।

० युवा पुस्तालाई कसरी सिर्जनशीलतामा फर्काउने ?
– यी सबै शिक्षाका विधि हुन्, कुनै एक व्यक्ति वा समूहले त्यो परिवर्तन ल्याउन सम्भवै त नभनौं, कठिन छ । व्यावहारिक, अनुभव र अनुसन्धानमूलक शिक्षाबाट अभिभावकले नै आफ्ना सन्तानलाई अघि बढाउनुपर्छ ।

० तपाईंले आफ्ना सन्तानलाई त्यसै गर्नुभएको छ ?
– अविवाहित हुँ, सन्तानको कुरै भएन । परिवारसँग बस्छु ।

० विवाह गर्ने बेला भएन ?
– पहिले नै भएको हो, अहिलेसम्म गरेकी छैन । किन नगरेको भन्ने जवाफ पनि मसँग छैन । सायद लगन नआएर विवाह नभएको होला ।

० कहिले गर्ने योजना छ ?
– गर्न त पहिले नै गर्नुपर्ने थियो, अहिलेसम्म हुन सकेको छैन । यो दुई वर्षभित्र चाहिँ गर्नुपर्ला भन्ने सोचाइ बनाइसकेको छु ।

० साथी रोजिसक्नु भयो कि ?
– अहिलेसम्म रोजेको छैन ।

० अध्ययन अध्यापनका क्रममा लभ परेन ?
– त्यस्तो पहिले रोज्ने नेचरको परिनँ । र, मेरो राजकुमार यो क्राइटएरिया मिट गर्ने खालको हुनुपर्छ भनेर मापदण्ड पनि तोकेकी छैन । हेरौं, समयले कहाँ पु¥याउँछ ।

० परिवारमा कतिजना दिदीबहिनी ?
– पाँच दिदीबहिनी, तीन दाजुभाइ हौं । परिवारकी कान्छी छोरी हुँ, अरु दिदीहरू आ–आफ्नै पेसा व्यवसायमा हुनुहुन्छ ।

० पेसामा सन्तुष्ट हुनुहुन्छ ?
– आफूले चासो दिएको विषय अरुले गाह्रो देखे पनि सजिलो हुन्छ । मैले यही अध्ययन अध्यापनमा भविष्य देखेकाले मलाई यो पेसाप्रति लगाव र पे्रम छ, त्यसैले म यसैमा रमाउँछु ।

० पेसामा विभेद हुन्छ ?
– सरकारी जागिरमा राजनीति इस्यु मिसियो ।

० के गर्दा खुसी लाग्छ ?
– निर्दोष विद्यार्थीलाई न्याय गर्न पाउँदा ।

० कुन राजनीतिक दलमा आबद्ध हुनुहुन्छ ?
– पार्टीको झण्डा बोकेर हिँडेकी छैन, देश र समाजप्रति बफादार व्यक्तिलाई मतदान गर्छु ।