७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस वरिष्ठ नेता पौडेल यूरोप भ्रमणमा

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार ०७:४०

काठमाडौं । नेपाली जनसम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा जाने हुनु भएको छ । १० दिनको यूरोप भ्रमणमा वरिष्ठ नेता पौडेलले यूरोपका विभिन्न देशमा रहेका जनसम्पर्क समितिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको चिन्तन पौडेलले जानकारी दिनुभयो ।

सेप्टेम्बर १५ मा नेता पौडेल यूरोप पुग्न हुनेछ । सेप्टेम्बर १७ मा नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमलाई नेता पौडेलले सम्बोधन गर्नु हुनेछ । जनसम्पर्क समिति बेल्जियमले नेपालको वर्तमान परिपे्रक्ष्यमा लोकतान्त्रिक समाजवाद’ विषयक वृहद अन्तरक्रियामा नेता पौडेल सहभागी हुनु हुनेछ ।

नेता पौडेल बेल्जियमपछि स्पेन, स्वीट्जरल्यान्ड, फ्रान्स, नेदरल्यान्डलगायत अन्य ६ मुलुकको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर २६ तारिखमा नेपाल फर्किनु हुनेछ ।