१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूकम्प पीडितको रकम केन्द्रमा पठाउन एनआरएन जापानलाई निर्देशन

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ०७:३७

काठमाडौं । गैरआवासीय नेपाली संघले भूकम्प पीडितको नाममा संकलन गरेको रकम तत्काल केन्द्रमा बुझाउन निर्देशन दिएको छ । संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा अमेरिकाको न्यूजर्सीमा हालै सम्पन्न बैठकले एनआरएन जापानलाई सो निर्देशन दिएको हो ।

गैरआवासीय नेपाली संघ जापानले पीडितको नाममा संकलित रकम व्यक्तिको नाममा ट्रान्फर गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । बैठकले क्षेत्रीय संयोजक तथा राष्ट्रिय समितिको अध्यक्षहरुलाई केन्द्रको निर्णय बमोजिम तत्काल फाइनाइन्सियल रिपोट र भूकम्प पीडितका नाममा संकलित सबै रकम पठाउन निर्देशन गरेको छ ।

यसअघि तत्कालीन गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष पारसमणी पोखरेलको कार्यकालका कोषाध्यक्ष तेज अर्याललाई हटाएर नियूक्त भएका टिविआई ग्रुपमा कार्यरत कोषाध्यक्ष दीपक थापालाई दवाव दिएर २ करोड ३० लाख रुपैयाँ भूकम्प पीडित उद्दार तथा राहत समितिको खातामा ट्रान्सफर गरिएको थियो । सो समितिको संयोजक गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट छन् ।

यसअघि नेपाल ब्रिटेन डट कमले भूकम्प पीडितको लागि जापानका संकलित करोडौं रुपैयाँ जापानमा गुपचुप रुपमा राखिएको समाचार सार्वजानिक गरेको थियो ।

गैरआवासीय नेपाली संघ जापान, भकम्प पीडित उद्दार तथा राहत समिति जापान र उपाध्यक्ष भवन भट्टले छुट्टा छुट्टै बक्तब्य जारी गरि भूकम्प पीडितको लागि संकलित सो रकम जापानस्थित एक बैंकको खातामा सुरक्षित रहेको जनाएका थिए ।