१५ चैत्र २०८०, बिहीबार
Follow Us

धुवाँमुक्त अभियान गतिहीन

sarusaru
१९ भाद्र २०७५, मंगलवार ०५:२५

रोल्पा – जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ ।

सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ्चित छन् ।

तत्कालीन जिल्ला विकास समितिले जिल्ला परिषद्बाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो । सो अभियानले गति लिन नसकेपछि सर्वसाधारणले गुनासो गर्न थालेका छन् । हालसम्म लुङ्ग्री र रुन्टीवढी गाउँपालिकाको एक÷एक वडा, रोल्पा नगरपालिकाको एउटा वडा र त्रिवेणी गाउँपालिकाको दुई वडालाई मात्र घरभित्रको धुवाँमुक्त घोषणा गरिएको छ ।

विगतमा विभिन्न दातृ निकायले सहयोग गरेका कारण अभियानले तीव्रता पाएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष कर्ण बाँठामगरले बताउनुभयो । स्थानीय तहले सो अभियानलाई निरन्तरता दिन नसकेको उहाँले आरोप लगाउनुभयो । जिल्लामा सुधारिएको चुलो प्रवद्र्धकको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ । सुधारिएको चुलो जडान गरेबापत उनीहरुले रु एक हजारदेखि रु दुई हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।
रासस