१५ चैत्र २०८०, बिहीबार
Follow Us

कालीगण्डकी नदीमा खसेर बिरामी बेपत्ता

sarusaru
१९ भाद्र २०७५, मंगलवार ०५:५२

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकी नदीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए । सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्ले क्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।