१२ बैशाख २०८१, बुधबार
Follow Us

निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार ०७:२३

ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर विक छन् । उनले बिहान ४ बजे भुत आयो भन्दै निदाईरहेकी श्रीमती गिता मायालाई खुकुरीले अन्धाधुन्ध प्रहार गरेका थिए ।

खुकुरीले टाउको र ढाडमा चोट लागेकी गितालाई फिस्टेल एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट पैदल ५ घण्टाको दुरीमा रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने व्यक्तिलाई प्रहरी चौकी रावादोलुले नियन्त्रणमा लिएको छ ।