११ बैशाख २०८१, मंगलवार
Follow Us

पोल्यान्डमा नेपालीहरु माझ उपप्रधानमन्त्री पोखरेल

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार ०९:५८

वार्सा । रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पोल्यान्ड भ्रमणमा हुनुहुन्छ । पोल्यान्डमा उहाँले प्रवासी नेपाली मन्च पोल्यान्डको सकृयतामा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा उपप्रधानमन्त्री पोख्रेलले बिदेश बस्ने हरेक नेपालीलाई समग्र राष्ट्रिय स्वार्थको लागि अगाडि बढ्न अनुरोध गर्नुभयो । पोल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा पोल्यान्ड आउनु भएका पोख्रेलले वारसवामस विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटघाट गर्नुभयो ।

उक्त भेटघाटमा जनसम्पर्क समिती अध्यक्ष डा एलिनी पोख्रेल सुबेदी, एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डा बोधराज सुवेदी एनआरएनए पोल्यान्डका उपाध्यक्ष जीवन केसी, पानी अभियानकर्ता मित्रलाल पार्दे, प्रवासी नेपाली मन्च पोल्यान्डका पूर्वअध्यक्ष टंक कटुवाल आनन्द घिमिरे नवराज ढकाल अक्षय रिजाल एवं प्रवासी नेपाली मंच पोल्यान्ड अध्यक्ष लक्ष्मीप्रसाद भट्टराइ एनआरएन सल्लाहकार राजु केसीले आ-अफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

भेटमा सबैको एउटै निचोड थियो कि पोल्यान्डमा नेपाल सरकार र पोल्यान्ड सरकारबीच श्रम सम्झौता होस् । भिजा प्रक्रियालाई सहज रुपमा नेपालबाट नै अप्लाइ गर्न सक्ने सहज वातावरण होस् । पोल्यान्डमा नेपाली दूतावास त्यो हुन सक्दैन भने कन्सुलरको व्यव्स्था होस् । नेपालीहरुलाई आवश्यक पर्ने कागजातहरु नेपाली दूतावासबाट पनि सहज रुपले व्यवस्था होस भन्ने लगायत विभिन्न विषयवस्तुमाथि छलफल भएको थियो ।

उपप्रधानमन्त्री पोख्रेलसित ६ र ७ गते वारसवा पोल्यान्डमा अन्तर्कृया कार्यक्रम गर्नको लागि एनआरएनए पोल्यान्डको आयोजनामा विभिन्न संघ संस्थासित सहकार्य गरी अगाडि बढ्ने भएको छ । स्मरण रहोस पोल्यान्डकै इतिहासमा नेपालको उच्चस्तरको कुटनैतिक अधिकारी आएको यो पहिलो हो ।