११ बैशाख २०८१, मंगलवार
Follow Us

डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार ०७:४५

काठमाडौं । नेपाली बजारमा बुधबार डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि गएको १४ गते डलरको भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ । यो सन् दुई हजार यताकै सबैभन्दा उच्च हो ।

सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ दशमलब ४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको बैंकले जनाएको छ । डलर महंगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत खरिद सम्झौता भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा असर पर्छ ।