८ बैशाख २०८१, शनिबार
Follow Us

संवैधानिक परिषद्को बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार ०७:४८

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । दिउँसो दुईबजेपछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा सिफारिसका बारेमा छलफल हुनेछ । अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ ।

अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बुधबारको संवैधानिक परिषद बैठकले घिमिरेको नाम नै सिफारिस गर्ने सम्भावना छ । परिषदले सरकार र संसदीय सुनुवाई समितिका नाम सिफारिस गरेर पठाउने व्यवस्था रहेको छ ।