८ बैशाख २०८१, शनिबार
Follow Us

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार १४:००

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरेलाई सिफारिस गरेको छ । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

यसअघि प्रमुख आयुक्त रहेका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यबाहक रहँदै आएका थिए। घिमिरे सहित अन्य आयुक्तहरुले केही समय अघि मात्रै सर्वोच्च अदालतबाट योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका थिए।