१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन नेदरल्यान्ड्सले तिज मनाउने

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार १४:२६

नेदरल्यान्ड्स । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले यहि सेप्टेम्बर ८ तारिख का दिन नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज भब्य रुपमा मनाउने भएको छ ।

ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रमसहित नेदरल्यान्ड्समा रहेका दिदीबहिनीहरुलाई महान चाड हरितालिका तिजमा मिष्ठान्न भोजन (दर) ख्वाउने कार्यक्रम रहेकोले संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा (मनोहरि) ले जानकारी गराएका छन ।

एक वर्षमा एक पटक आउने महान चाड आपसी सद्भाव,दिदीबहिनीहरु भेला हुने एउटा सुनौलो अवसरको रुपमा लिइएकोले सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई आमन्त्रण गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रम एनआरएन नेदरल्यान्ड्स कि महिला संयोजक  अर्चना पाण्डेको संयोजकत्वमा गर्न लागिएको संघका महासचिब जितेन्द्रकुमार श्रेष्ठले जानकारी गराए ।