११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा प्रगतिशिल संगठनको एकिकरण

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ११:०८

लन्डन । बेलायतमा कार्यरत दुई मुख्य सुरेस गौतमले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाज र रण बहादुर केसिले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाज बिच एकता हुने भएको छ । यि दुबै संगठनका बेलायत भरि संपुर्ण सहरहरुमा क्षेत्रिय समितिहरु कार्यरत छन । बेलायतको समाजमा सन १९९९ को हाराहारी देखी कार्यरत यि संगठनहरु नेपालको मुक्ति आन्दोलनमा सकृय रुपमा सहयोग र समर्थन गर्दै आएको थिए । सायद बेलायतको नेपालको समाजमा नेपालको गणतान्त्रिक आन्दोलनमा निरन्तर आवाज उठाउने यो मात्रै संगठन हो भन्द अनुपुयूक्त नहोला । यस बाहेक बेलायतमा रहेका नेपालीहरुको समस्यामा निरन्तर सहयोग गर्दै आएको यि संगठनहरु अहिले एकता प्रकृया पुरा गरि भेला एकता संयोजक समिति निर्माण गर्न यहि १८ सेप्टेम्वरमा हुन गई रहेको छन ।
नेपालमा नेपाली समाज समाजबाद उन्मुख आन्दोलनमा केन्द्रित भईरहेको ठहर गर्दै सो आन्दोलनलाई सहयोग र समर्थन गर्ने मुख्य लक्ष्य लिएको प्रगतिशिल नेपाली समाजले निकट भबिश्यमा निर्माण हुन गई रहेको प्रगतिशिल नेपालीहरुको अन्तराष्ट्रिय समन्वय परिषदमा मुख्य भुमिकामा रहि कार्यरत रहने लक्ष्य लिएको छ । दुई संगठनको एकिकरणले बेलायतमा रहेको प्रवाशी नेपालीहरुमा उत्साहा थपेको छ । १८ सेप्टेम्वरमा भेला आयोजक समिति निर्माण लगत्तै एकता अधिवेसन हुने छ । यि दुबै संगठनले बिगतमा टुट फुटको कारणले निरास हुनु भएका तथा प्रगतिशिल बिचारमा आस्था राख्ने संपुर्ण बेलायतबासीहरुमा प्रगतिशिल नेपाली समाजमा गोलबन्द हुनलाई आब्हान गरेको छ ।