१२ बैशाख २०८१, बुधबार
Follow Us

काभ्रेको गुम्बाबाट साढे ३ लाख र शंख लुटियो, ५ जना पक्राउ

sarusaru
२१ भाद्र २०७५, बिहीबार ०५:२५

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–७ मा रहेको छोइछेल कुण्डलाङ गुम्बामा पेस्तोल देखाएर लुटेराकाे समूहले ३ लाख ५० हजार नगद र एउटा शंख लुटेको छ ।

गुम्बाका पुजारी तिलक लामालाई नियन्त्रणमा लिएर मंगलबार लुटेराहरुको एक समूहले लुटेको हो ।

दुई मोटरसाइकलमा आएका उनीहरुले पुजारीलाई बाँधेर पेस्तोल देखाउँदै शंख र रकम लिई भागेकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक परशुराम घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले ५ जनालाई पक्रेको छ ।

काभ्रे खानीखोला ७ का अनिल घिसिङ, खानीखोला २ का रमेश थोकर र सोही स्थानका जगतबहादुर गोलेलाई प्रहरीले पक्रेको हो । त्यसैगरी काभ्रेको पनौती नगरपालिका ८ का विकास बन्जारा र निशान गोले पनि सोही अभियोगमा पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।
अनलाइन खबर