६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक किन स-यो ?

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार ०८:१४

काठमाडौं । आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । अब एक हप्ता पछिमात्रै बैठक बस्ने बताईएको छ । पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन डाकिएको बैठक २८ गते दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनु भयो ।

बैठकमा कार्यसम्पादन समिति, अनुशासन समितिसहित पार्टीका विभाग गठनको सन्दर्भमा समेत छलफल हुने भनिएको थियो ।
पार्टीको विधानलाई संविधानअनुसार परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । मस्यौदा समितिले पार्टीका विभिन्न निकायसँग छलफल गरिरहेको छ । नेताहरुको व्यवस्तताका कारण बैठक सारिएको कांग्रेसले जनाएको छ ।