१५ चैत्र २०८०, बिहीबार
Follow Us

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार ०८:२०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगमले गए राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार अब पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ कायम गरिएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको हो । केही साता अघि मात्रै अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य बढाउनु परेको आयल निगमले उल्लेख गरेको छ ।

नेपाल आयल निगमको मासिक ६४ करोड रुपैयाँ घाटा बेहोर्दै आएको छ । नयाँ मूल्य सूचि अनुसार निगमलाई १५ दिनमा ३१ अर्ब ५९ करोड घाटा हुन्छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले गत भदौ १६ गते बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएकाले घाटा थपिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भयो ।