१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रचण्ड भारत जाँदै

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार ०८:२२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै हुनुहुन्छ । उहाँ दिउँसो ३ बजे भारत हिंड्ने कार्यक्रम छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले आईसिडब्लुएले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।