१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वरानी कोमलले गरिन् विद्यालयको उद्घाटन

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार १२:५२

गोर्खा । गोर्खाको पालुङटारमा हिमानी ट्रष्टको संयोजनमा निर्माण भएको भवानी उच्च माध्यामिक विद्यालयको आज उद्घाटन गरिएको छ । जापानको जोडो सु बुद्धिष्ट अर्गनाइजेशनको आर्थिक सहयोगमा हिमानी ट्रस्टले करिव साढे तीन करोडको लागतमा निर्माण गरेको दुई तल्ले आठ कोठाको विद्यालय भवनको आज पूर्वरानी कोमल शाहले उद्घाट गरेकी हुन् ।

उदघाटन कार्यक्रममा पूर्व युवराज पारश शाह, पूर्व युवराज्ञी हिमानी शाह, पूर्व अधिराजकुमारी प्रेरणा शाहलगायत पूर्व राजपरिवारका सदस्यहरुको उपस्थिति थियो । २०७२ बैशाख १२ गतेको गएको विनाशकारी भूकम्पले १८ कोठे बिद्यालय भवन भत्किएको थियो ।