१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भुटानको पोस्टमा नेपालको ४ गोल

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार १३:१२

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाल आज भूटानविरुद्ध ४–० ले विजयी भयो । पहिलो हाफको खेलमा एक शून्यको अग्रता बनाउन सफल नेपालले दोस्रो हाफको खेलमा ३ गोल गर्न सफल भयो । नेपालका लागि खेलको २१ औं मिनेटमा अनन्त तामाङ, ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास र भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए ।