१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेशका मुख्यमन्त्री केन्द्र सरकारप्रति असन्तुष्ट

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७५, बिहीबार १५:१२

पोखरा । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्रीहरु पोखरामा भेला भएका हुन् । यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको गण्डकी प्रदेशले आज मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिनुभएको थियो । अन्य प्रदेशका मुख्यमन्त्रीले पनि केन्द्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ ।

मुख्य मन्त्रीहरुको भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका विषयमा छलफल भइरहेको गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । भेलामा प्रदेशका मुख्यमन्त्रीहरूले भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा समेत छलफल भइरहेको छ ।