१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन बेल्जियमको साधारणसभा १६ सेप्टेम्बरमा, विद्यान संसोधनको तयारी

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७५, बिहीबार १९:५२

लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो ।
बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ ।
आगामी वर्षको लागि कार्ययोजना समेत प्रस्तुत हुने सो सभामा विद्यान संसोधन हुने विद्यान समितिका संयोजक तथा निवर्तमान गंगाधर गौतमले जनाए ।

कार्यक्रममा बेल्जियमस्थित नेपाली संघसँस्थाका प्रतिनिधी लगायत गैरआवासीय नेपाली संघका नेताहरुको सहभागीता रहने छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, केन्द्रीय पदाधिकारीहरु, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायत युरोपस्थित गैरआवासीय नेपाली संघका एनसीसी अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ ।