१५ बैशाख २०८१, शनिबार
Follow Us

आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन सकेन : नारायणकाजी

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७५, शुक्रबार १५:४०

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका दुई अध्यक्षले समय मिलाउन नसकेका कारणले प्रदेश र जिल्ला तहको पार्टी एकतामा ढिलाइ भइरहेको बताएका छन् । शुक्रबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा पत्रकारहरुसँग कुरा गर्दै उनले कार्यकर्ताको आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन नसकेको टिप्पणी पनि गरे ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण सद्भाव भ्रमणमात्र नभइ नेपाल र भारतकाबीच भएका सन्धि–सम्झौताहरुलाई कार्यान्वयन गराउने कार्यमासमेत फलदायी हुने विश्वास उनले व्यक्त गरे ।