१३ बैशाख २०८१, बिहीबार
Follow Us

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्डको तीज सोमवार

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७५, शुक्रबार १९:०७

लण्डन । नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा हाम्रो नेपाली समाज वेष्टमिडल्याण्डले पनि तीज कार्यक्रमको तयारी गरेको छ । समाजको आयोजनामा आगामी सोमवार तीज विषेश कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराईको विषेश प्रस्तुती रहने छ ।

स्थानिय लक्ष्मी स्वीट सेन्टरमा दिउँसो ३ बजे देखी सुरु हुने कार्यक्रममा महिला तथा वालवालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा उपस्थित हुने हाम्रो नेपाली समाजले वेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ ।