१५ चैत्र २०८०, बिहीबार
Follow Us

युवा जागरण अभियानले वेलायतमा च्यारिटी कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७५, शुक्रबार १९:५९

लण्डन । नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलद्धारा संचालित युवा जागरण अभियानले वेलायतमा च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सामाजिक विकासबाट नै देशको आर्थिक समवृद्धि सम्भवन छ’ भन्ने मुलनारा सहित सकृय अभियानले नेपालको शिक्षा क्षेत्रमा समेत सहयोग गर्दे आएको छ ।

आगामी ७ अक्टोवर, आइतवारका दिन लण्डनस्थित गाोल्डेनसीप रेष्टुरेन्ट, साउथह्यारोमा आयोजना हुने संयोजक पौडेलले जनाए । चर्चित गायक बिमलराज क्षेत्रीको विषेश प्रस्तुती रहने कार्यक्रममा संयोजक पौडेल समेत सहभागी हुने अभियानले जनाएको छ ।