१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङको रिलिङमा दुर्घटना

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार ०६:३३

काठमाडौं । गोरखाको सानागाँउबाट काठमाडौं फर्किएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङको सत्यदेवी गाँउपालिकाको रिलिङमा दुर्घटना भएको छ । मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर काठमाडौं आउँदै गरेको हेलिकोप्टर बिहान ८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्नेमा नभएपछि खोजी गर्दा दुर्घटनामा परेको थाहा भएको हो । धादिङको सत्यदेवी भन्ने ठाउँमा दुर्घटना भएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन।