६ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकारलाई रामधुलाई

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार ०६:५७

चितवन । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ ।

गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उहाँले बताउनुभयो ।

यसैबीच घटनाको पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले आज विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू बाहिर निस्किएलगत्तै भित्र घटना भएको भन्दै सोकोे नैतिक जिम्मेवार लिँदै उहाँले क्षमायाचना गर्नुभयो । गैँडाकोट निवासी गोर्खाली जनआस्था साप्ताहिकको चितवन र नवलपरासीका लागि संवाददाता समेत हुनुहुन्छ ।